साहित्यिक अभियन्ता कवि प्रकाश दिप्साली सम्मानित ।

परीचय कला तथा साहित्य प्रतिस्ठान अरुण गाउपालिका -६ माङ्दिङ/ जरायोटारले रैथाने कवि श्रस्टा सम्मान तथा कविता प्रतियोगिता सम्पन्न गरेको छ।

महेन्द्रोदय माध्यमिक विद्यालयको सभाहलमा सन्चालित कार्यक्रममा कवि तथा साहित्यिक अभियन्ता प्रकाश दिप्सालिलाई प्रमुख अतिथि तथा वडा नं ६ जरायोटारका वडाध्यक्ष गणेश टक्का राई, कवि मणी राई लुइन, सस्थाका अध्यक्ष ओम डिसि आर लगाएतले किराती परम्परा अनुसार दोसल्ला शिरमा फेटा बाधेर सम्मान पत्रले सम्मान गर्नु भएको हो।

अरुण गाउपालिका वडा नं -६को आर्थिक सहयोग र परिचय साहित्य कला प्रतिष्ठान भोजपुरले अायाेजन गरेकाे कबिता प्रतियाेगितामा  प्रथम   मन्दिरा राई (अरुण -४), दोश्रो सरगम पराजुली  (अरुण-४) तेश्रो डिप्लभ बराईली (अरुण-६)  भएका हुन्। बिजेताहरुलाई  प्रमाणपत्र र नगद पुरस्कार  क्रमस ५०००/-   रु ३००० र २०००/- प्रदान गरीएको थियो।

कार्यक्रममा अशोक बस्नेत झापा, दिक्पाल राई, लोकेन्द्र किराती सिलिङटारे, सङ्ग्राम किराती, सुजन कट्वाल ‘बिम्बित’ कवि तथा स्टोन आर्टिस्ट दिपा मगराती, सोल्टी सुजन, राई, प्रतिमा पोखरेल, अच्युत भटराई, धिरेन खिम्बुले राई लगाएतले आफ्नो रचना प्रस्तुत गर्नु भएको थियो। भने गायक तेजेन्द्र गन्दर्भको बिशेष प्रस्तुती रहेको थियो।

कार्यक्रममा बोल्दै सम्मानीत श्रस्टा प्रकाश दिप्सालीले नया पुस्तालाई साहित्य शृजनामा लाग्न प्रेरणा दिन येस्तो कार्यक्रम प्रभावकारी हुने बताउनु कार्यक्रमको बिशेष अतिथि कवि तथा साहित्यकार मणी  राई लुइनले  साहित्य सृजना जिवन र जगतको अभिन्न अङ्गको रुपमा चर्चा गर्नु भयो।कार्यक्रमका प्रमुख अतिथि तथा  अरुण गाउपालिका वडा न -६ का वडाध्यक्ष गणेश टक्का राईले परीचय कला साहित्य प्रतिस्ठानले बिगतका बर्षहरुमा पनि साहित्यिक गतिबिधिहरु गर्दै आइरहेको छ यस्तो गतिबिधिलाई निरन्तरता दिन आफु र वडाकार्यालयको भरपुर सहयोग हुने बताउनु भयो ।

कार्यक्रम कवि तथा साहित्यकार तथा सस्थाका सचिव इन्द्रशुर बेल्टारेको सन्चालन तथा सस्थाका अध्यक्ष ओम डिसि आरको अध्यक्षतामा सम्पन्न भएको थियो।

0 Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Menu