सुनिता राई कन्दङ्वाद्वारा लिखित म युग बगीरहेछु कृतिको परीचर्चा सम्पन्न ।

ओखलढुङ्गामा जन्मनु भै इजराइललाइ कर्म थलो बनाउनु भएकि कवि सुनिता राई कन्दङ्वाद्वारा लिखित ‘म युग बगिरहेछु’ कविता संग्रहको भोजपुर सदरमुकामको जिल्ला समन्वय समितिको हलमा शनिवार परिचर्चा गरिएको छ ।

प्रगतिशील लेखक संघ भोजपुरको अध्यक्ष अ्मृका ताम्राकारको अध्यक्षता तथा कवि कविता राईको सयोजनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नरेश काङमाङ राई, भोजपुरका स्रस्टा मोक्तान भाई लगाएत परिचर्चाकारद्व्य भोजपुर बहुमुखि क्याम्पसका प्राध्यापक सुरेन्द्र कार्की र कवि कमला प्रधानले कविको कृति माथि परिचर्चा गरेका हुन्।

कविता संग्रहमा समावेश भएका ७५ वटा कविताहरुका बिषयमा प्रगतिशील लेखक संघ प्रदेश अध्यक्ष तिला लेकालीले कवि सुनिताले नेपाली साहित्यमा खेल्नु भएको भुमिकाको चर्चा गर्दै मानविय समवेदना, दुख पीडा, बिकृति, बिसंगति, भष्ट्रचार लगायतका बिषयहरु कविता संग्रहमा समेटिएको बताउनुभयो ।

यस्तै भोजपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक सुरेन्द्र कार्कीले आमाप्रतिको श्रद्धा, देश भक्ती, नारी चेतनाको अभिब्यक्ति, बैदेशिक रोजगारीका पिडा लगायतका बिषयहरु कविता संग्रहमा समावेश रहेको बताउनुभयो । परीचर्चाकार कमला प्रधानले कविता संग्रहले नेपाली साहित्यको एउटा कोशे ढुङ्गा रहेको बताउनुभयो ।

। कवि सुनिताको ‘एक जुवा घाम’, कविता संग्रह, ‘तिउरी’ कथा संग्रह पश्चात तेश्रो कृतिकारुपमा दोश्रो कविता संग्रह आएको हो ।


परिचर्चा कार्यक्रममा कवि काङमाङ नरेश काङमाङ राईले कविले उठाएका बिषयबस्तुहरु गहन खोज र बहसको बिषय बस्तु भएको बताउनु भयो। भोजपुरका कवि शेरबहादुर मोक्तान ‘मोक्तान भाइ’, नेकपा एमालेका अध्यक्ष मक्कर खडका, माओवादी केन्द्रका नेता जगत तामाङ, एकीकृत समाजवादीका सचिव ममिता राई, जनता समाजवादी पार्टीका सचिव नरराज काङमाङ शान्तिकला राई लगाएतले आफ्नो प्रस्तुति सहित कविता कृति र साहित्य र राजनितिको अन्तर सम्बन्धको बिषयमा बोल्दै कृतिकारलाई साहित्यिक उज्वल भविष्यको कामना प्रदान गर्नु भयो।

0 Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Menu