नरेश काङमाङ्द्वारा लिखित निबन्धात्मक इतिहास पानी पतियाको परिचर्चा

नरेश काङमाङ राई द्वारा लिखित निबन्धात्मक इतिहास पानी पतियाको शनिवार भोजपुरमा परीचर्चा भएको छ्।   प्रगतिशिल लेखक सघ भोजपुरले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नवराज बर्तमान, राजनैतिक दल, पत्रकार, साहित्यप्रेमीहरुको उपस्थितिमा किरात इन होटलमा भएको  कार्यक्रममा परिचर्चाकारहरु धनकुटा बहुमुखि क्याम्पस का प्राध्यापक इच्छापुर्ण राई,  पत्रकार राजन समिप राई र कलाकर्मी बिरोध बस्नेतले पुस्तकको बिषयमा परीचर्चा गरेका हुन भने कार्यक्रमका अध्यक्ष अ्मृका ताम्राकार र सहजकर्ता कविता राईले गर्नु भएको हो।

भोजपुर टेम्केमैयुङ ४ नागी चोक्लामा  बुबा कृष्णबहादुर र आमा कृष्णकुमारी राईको कोखबाट तिन जना दाजु भाई मध्यका कान्छो छोरा काङमाङ नरेश राई   धर्म पत्नी सिमा र स्वर्णिम र स्वप्निलका बाबु नरेशको प्रारम्भिक शिक्षा चन्डेस्वरी मा बि नागी बाट कक्षा ८ सम्म र एस एल सो सम्म्को शिक्षा अन्नपुर्ण मा बि दिल्पा बाट र महेन्द्र मोरङ ब क्याम्पस धरानबाट आईएसम्मको पढाइ सकेका हुन । घरमै बुवा कृस्ण ब राई ( हेड्सर) साहित्य  लोक गित सङ्गित मा दखल राख्ने भएकोले घरबाटै साहित्य सङ्गितको माहोल थियो। झन दाजु पारश काङमाङ पनि लेखन क्षेत्रमा राम्रो भएकोले उनि बाल्यकाल देखि नै यस क्षेत्रमा आएका हुन्।बिध्यालय तह बाट नै लेखन र साहित्य मा रुचि भएकोले बिध्यालयमा हुने साहित्यिक कार्यक्रमामा उनि बिजेता हुने गर्दथे।

काङमाङको  तेप्लायु कविता सङ्ग्रह  ११ नोभेम्बर, खुकुरिको धारमा ‘पानी पतिया’ (निबन्धात्मक इतिहास–२०८१) समेत दशवटा विभिन्न विधाका कृतिहरु प्रकाशित भइसकेको पाइन्छ । जसमा ‘फियरलेस वरिवर’ (सन्–२०१५) बेलायबाट अंग्रेजी भाषामा समेत कृति प्रकाशित रहेको छ । नेपाल र वेलायतमा गरी ११ वटा नेपाली र अंग्रेजी भाषमा पत्रपत्रिकाहरुको सम्पादन गरेका छ्न्।

काङमाङ नरेश भन्ने वित्तिकै मस्तिष्कमा ‘युद्ध साहित्य’ र ‘पहिचान पुरस्कार’ आउँछ । पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राई हुन् । यस कोषले हरेक वर्ष चार लाख दुई हजार दुई रुपैयाँको पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ । भोजपुर प्रतिभा प्रतिष्ठान संस्थापक सचिवसमेत रहेका काङमाङ युद्ध साहित्य पुरस्कारको संस्थापक मध्ये एक हुन। २०५६ सालमा बेलायती सेनामा भर्ती भएका काङमाङका अधिकांश साहित्यक सिर्जनाहरूमा युद्ध, युद्धको इतिहास, युद्ध जनित पीडा, यसले आदिवासी समुदायमा पारेको प्रभाव, भाषिक/सांस्कृतिक अतिक्रमण, गोर्खा सेनाहरुको कथाव्याथा भेटिन्छन् । 

उनले गरेको साहित्यिक योगदानको उच्च मूल्याङ्कन स्वरुप कवि विमल गुरुङ कृति पुरस्कार–२०७८ लगायत  हालै मनमाया स्मृति प्रतिष्ठान  धरमपुर झापा बाट सम्मानित काङमाङ देश तथा विदेशमा गरी एक दर्जनभन्दा बढी पुरस्कार तथा मानसम्मान प्राप्त गरेका छन् । 

लेखक स्वयं पुर्ब गोर्खा सैनिक भएकोले यस विषयमा अति संवेदनशील भएर अध्यन अनुसन्धान गरी लेखिएको  पानी पतियामा गोर्खा लाहुरेको बिगत देखि बर्तमान सम्मका इतिहास पाइन्छ । हिन्दु संस्कारअनुसार ठूलो जात भनिनेहरुले छुवाछुत भएमा सुनपानीले छर्किएर चोख्याउने चलनलाई ‘छोइछिटो’ भनिन्थ्यो । राणा कालमा हिन्दु संस्कारअनुसार ठूलो जात भनिनेहरुले छुवाछुत भएमा सुनपानीले छर्किएर चोख्याउने चलनलाई ‘छोइछिटो’ भनिन्थ्यो । राणा शासकहरु हिन्दु संसकारको छुवाछुत जस्तो प्रथाहरुमा अति कट्टर रहेका थिए । म्लेच्छ वा ( गाइको मासु खाने बर्ग) गैरहिन्दु धर्मालम्बीहरुको देशबाट फर्किएर आउनेहरुले जानआन्जानमा गरिएको अधार्मिक कार्यको प्रायश्चित स्वरुप पतिया गर्नु पर्दथ्यो । यसरी पानीचल बनाउन गरिने संस्कारलाई लेखकले केन्द्र बनाएर ‘पानी पतिया’ तयार पारेको हुन्।पानी पतिया गर्दा कपाल मुन्डन गरि पन्चगब्य शरिरमा लेपन गरी सुद्व भै नुहाइ शुद्व खाना १५ गास खानु पर्ने र १३ औ दिन ब्राहणलाई सिदा दान गरे पछी चोख्याइने चलन थियो। 

 पुस्तक भित्र १५ वटा निबन्धात्मक इतिहासका विभिन्न शीर्षकहरुमा लेखहरु रहेकाछन् भने शीर्षकहरु भित्र पनि अनेकौ उपशीर्षकमा बाँडिएका छन् । भौतिक रुपबाट हेर्ने हो भने टायम्स क्रिएसनको आवरण कलाले फिनिक्स बुक्सले प्रकाशन गरेको १९२ पेज रहेको यस पुस्तकको बनावट अत्यन्तै सुन्दर र कलात्मक छ । 

0 Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Menu