पेमा छ्योलिङ गुम्बा भोजपुर -९ पानीट्याङ्किले  सागादावाको अवसर पारेर तिन दिने बिबिध  धार्मिक कार्यक्रम सहित (छेवाङ) दिर्घायु अभिषेक समापन भएको छ ।

पेमा छ्योलिङ गुम्बा भोजपुर -९ पानीट्याङ्किले  सागादावाको अवसर पारेर तिन दिने बिबिध  धार्मिक कार्यक्रम सहित (छेवाङ) दिर्घायु अभिषेक समापन भएको छ । बुधबारदेखि सुरु भएको दिर्घायु अभिषेक कार्यक्रम शुक्रबार समापन भएको हो ।

बुद्व जयन्ति बाटै शुद्व शाकाहारी भै,  तृपिटक पाठ, गुम्बा सरसफाई तथा जेठ १६ गते गुरु रिन्पोछेको आगमन,  जेठ १७ गते पुजापाठ १८ गते छेवाङ अर्थात दिर्घायुको कामना गर्दै अभिषेक कार्यक्रम  तथा सम्मान कार्यक्रम गरिएको कार्यक्रम अध्यक्ष लामा दातेन्जी शेर्पा ले भोजपुर टाईम्स अनलाइन लाई बताउनु भयो।

प्रमुख अतिथि भोजपुर जिल्ला कै प्रमुख धर्म गुरु साबिक दोभाने साल्पा सिलिछोमा जन्मनु भएको जोम्बा लामा( साल्पा लामा) को निर्माण काया औतारी  टुल्कु ङावाङ थार्छिन रिन्पोछे तथा खेन्पोबाट छेवाङ अर्थात दीर्घायु आयु अभिषेक, बौध धार्मिक प्रवचन, तथा दान दाताहरु सम्मान तथा कदर पत्र बितरण गरिएको  पेमा छ्योलिङ गुम्बा भोजपुरका प्रमुख लामा किपा शेर्पाले बताउनु भयो।

सागा दावा भन्नाले नक्षत्रको उदय हुने र यस्तो बेला दान गर्दा पुन्य सन्चय हुने र छेवाङ अर्थात समस्त प्राणीहरुको दीर्घायुको लागि आयु अभिषेक गरीएको पेमा छ्योलिङ गुम्बाका प्रमुख लामा किपा शेर्पाले बताउनु भयो।

कार्यक्रममा बौद्व धर्ममा प्रचलित लोपोन्मुख सिंह नाच (सिङ्गे छाम )पनि प्रस्तुत गरीएको थियो।

0 Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Menu