म भित्रको म

राम चौधरी (नाम परिवर्तन) सानै देखी फरक स्वभावका थिए । गाउँमा उनका शिवनारायण, हरिचन्द्र, लक्ष्मण लगायत साथिहरु थिए । तर उनलाई भने केटि साथिहरु सँग खेल्दा रमाइलो लाग्यो । केटिहरुले लगाएका चिम्टी, जामा, फरकहरु लगाउन असाध्यै मन लाग्थ्यो। कपाल काट्नु पर्छ भनेपछि उनलाई असाध्यै दुख लाग्यो सानो उमेरमा त यो कुराले खासै फरक पारेन तर उमेर बढ्‌दै जाँदा यो कुराले उनको जिवनमा फरक पार्दै गयो । उनि १५ वर्षको हुँदा जब उनको आमाको मृत्यु भयो त्यसपछि भने उनको जीवनले अर्कै मोड लियो। आमाको मृत्यु पश्चात १६ वर्षको कलिलो उमेरमा नै उनको विवाह भयो । जन्मिदा खेरी केटा भएर जन्मिए पनि उनको स्वभाव भने केटिको जस्तो भइसकेको थियो। राम हेर्दा केटा जस्तो भएतापनि मनबाट भने आफूले आफैंलाई केटि हुँ भन्ने सम्झन्थे। तर यो कुरा उसको श्रीमतीलाइ भने स्वीकार्य भएन । दिनदिनै घरमा झगडा हुन थाल्यो । हँदा हुँदै गाउँमा समेत यो कुरा फैलियो गाउँमा उसलाई देख्नासाथ मान्छेहरुले उसलाई जिस्काउँथे । जीवन कठिन हुँदै गयो “गाउँमा मलाइ सबैले नराम्रो नजरले हेर्ने गर्थे। उनले भने “त्यसपछि बाट म मजदुरी काम गर्न थालेँ, गाउँमा जान पनि छोडेँ गएपनि हप्तामा एकदिन जसो जान्थेँ । मजदुरी गरेर कमाएको पैसा भने उनि श्रीमतिलाइ लगेर दिन्थे । त्यसपछि भने एक दिन उनको भेट ब्लु डायमन्ड सोसाइटिका एक जना कर्मचारी सँग भयो । त्यसपछि उनी ब्लु डायमन्ड सोसाइटीका विभिन्न कार्यक्रमहरुमा भाग लिन थाले । विस्तारै उनले आफूले आफैलाइ स्वीकार्न थाले। कहिलेकाँहि उनलाइ आफूलाई केटी जस्तो हुन मन लाग्ने, केटीको जस्तो की श्रृङ‌गार गर्न मन लाग्ने आफ्‌नो व्यवहार देखेर आफैलाइ दिक्क लाग्यो । तर जब उनी ब्लु डायमन्ड सोसाइटीमा आबद्ध भए उनले आफूजस्तै थुप्रै मानिसहरुलाइ भेटे र आफ्नो व्यवहार अरु भन्दा फरक नभएको कुरा आफूलाइ भएकै कारण आफू नरा‌म्रो स्वीकार गरे । त्यसपछि भने उनि मन परेको कुरा खुलेर गर्न थाले, आफू‌लाई मन परेको पहिरन लगाएर श्रृङ्‌गार गरेर हिड्न थाले। विस्तारै उनले ब्लु डायमन्ड सोसाइटिमै काम गर्न थाले । उनि जस्ता मानिसहरुलाई परामर्श दिन थाले, चौ उनकी श्रीमतिले समेत उनलाई स्वीकार गरिन् । अहिले उनका नातीना समेत छन् । र खुसीसाथ सोनव जीवन विताइरहेका छन् ।

पनिशा प्रधान, इटहरी

0 Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Menu