प्रहरी माथि नै आक्रमण गरेकोले ब्राउन सुगर कारोबारीलाई गोली हानी पक्राउ।

 

पनिशा प्रधान, इटहरी

प्रहरी माथि नै आक्रमण गरेकोले ब्राउन सुगर कारोबारीलाई गोली हानी पक्राउ।

ब्राउन सुगर ओसार पसार गरेको आशङ्कामा चेकजाँच गर्दा प्रहरी माथि नै आक्रमण गरेकोले बिहीबार साँझ सुनसरीको रामधुनी(६ ईचौलमा २ जनालाई प्रहरीले गोली हानी ब्राउन सुगर सहित पक्राउ गरेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ गरिएकामा सप्तकोसी नगरपालिका(५ सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र इटहरी(५ का ४० वर्षीय श्याम प्रसाद निरौला छन् । प्रहरीको गोली प्रहार गर्दा पिँडुलामा लगेका खंगको घाइते अवस्थामा लागि घाइते भएको सान्वी सिटी अस्पताल लविपुरमा उपचार भइरहेको छ ।

प्रहरीले १ राउण्ड गोली चलाएर २१० ग्राम ७३० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँ र इलाका प्रहरी कार्यालय पकलीको संयुक्त टोलीले शङ्कास्पद अवस्थामा उनीहरूलाई चेक जाँच गर्दा प्रहरी माथि नै आक्रमण गरेकोले प्रतिकारमा गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्त नवीन कृष्ण भण्डारीले जानकारी दिए ।

0 Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Menu