इटहरी नमुना कलेजमा चिन्तन अभिव्यक्ती कार्यक्रम सम्पन्न

पनिशा प्रधान, इटहरी
इटहरी नमुना कलेजले चिन्तन अभिव्यक्ती कार्यक्रम सम्पन्न गरेको छ । वि .एस . डब्लु . विभागद्वारा आयोजित उक्त कार्यक्रममा वक्ताहरु दिवश राई र उषा सुवेदीले आफ्ना अभिव्यक्तिहरु व्यक्त गरेका थिए । इटहरी नमुना कलेजको सभाहलमा आयोजित सो कार्यक्रममा वि .एस .डब्लु .संकाय अन्तगतका सम्पूर्ण विद्यार्थीहरु तथा संकाय शिक्षकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुवातमा सहजकर्ता बाबुराम खड्काले कार्यक्रमको परिचयबाट कार्यक्रमको सुरुवात गरेका थिए । त्यसपछि क्रमशः दिवश राई र उषा सुवेदीले आ–आफ्नो अभित्यक्ति प्रस्तुत गरेका थिए । वक्ता दिवश राईले गौतम बुद्धको जिवनमा आधारित प्रेरणादायी भनाइहरु राख्नुभएको थियो भने उषा सुवेदीले वौद्धिक पलायन र यसका कारणहरुका बारेमा आफ्नो मत व्यक्त गर्नुभएको थियो ।

0 Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Menu