भोजपुर एमालेको अध्यक्षमा मक्कर खड्का विजयी. नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्कर खड्का विजयी भएका छन् । उनले निवर्तमान अध्यक्ष शरणकुमार राईलाई हराएका हुन् । नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्कर खड्का विजयी भएका छन् । उनले निवर्तमान अध्यक्ष शरणकुमार राईलाई हराएका हुन् । सदस्यहरूमा इन्द्र थापा, नवीन प्रधान, बद्रीनाथ निरौला, राजेश कटुवाल, रेवतीरमण थापा, आशादेवी राई, सुस्मिता राई र संगीता काडेल चौहान विजयी भएका छन् । अन्य भूगोलसहित एमाले भोजपुरको जिल्ला कमिटीमा ९० जना चयन भएको नवनिर्वाचित सचिव एक्सन राईले बताए । नेतृत्व चयनका लागि ६ सय ८ प्रतिनिधिमध्ये पााच सय ७३ जना मतदानमा सहभागी थिए । नवौं जिल्ला अधिवेशनमा सहमति नजुटेपछि निर्वाचन भएको थियो । भोजपुर एमालेको अध्यक्षमा मक्कर खड्का विजयी.



    
0 Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Menu