सुम्निमा–पारुहाङ र नछुङको प्रतिमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले अनावरण गरेका छन् ।

धार्मिक तथा पर्यटकीयस्थल सिलिचुङमा किराती पुर्खा ‘सुम्निमा–पारुहाङ’को र साल्पा पोखरीमा नक्छु/नछुङ (धामी)को प्रतिमा राखिएको छ । खोटाङ, भोजपुर, सफ्वुासभा र सोलुखुम्बूको सङ्गमस्थलमा अवस्थित साल्पा–सिचिलुङको पर्यटन प्रबर्द्धनका लागि ‘सुम्निमा–पारुहाङ’ र नछुङको प्रतिमा राखिएको हो ।

 देश–विदेशमा रहेकाहरूबाट सङ्कलन गरिएको रकमबाट सुम्निमा–पारुहाङ र नछुङको प्रतिमा निर्माण गरी राखिएको साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले जनाएको छ । बैशाख ६ र ७ गते भएको मुन्दुमविद्, धामी–झाँक्री सहित निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले अनावरण गरेका हुन् ।

यसबाहेक वाबु (चिण्डो) आकारको मुन्दुमी गेट, माङखिम तथा मुन्दुम सङ्ग्रहालय लगायतका संरचनाहरु समेत निर्माण गरिनेछ । चार हजार एक सय ५५ मिटर उचारमा रहेका सिचिलुङबाट सगरमाथा, मकालु, कञ्चनजङ्गा, कुम्भकर्ण, मेरापिक हिमाल लगायत हिमश्रृङ्खला, तराईका फााट तथा विभिन्न नदीहरू देख्न सकिन्छ ।

सिलिचुङ आसपास रहेका टेम्के, मैयुङ, लौरे, चिलिमढुङ्गा लगायतका डााडामध्ये अग्लो डााडा हो । सिलिचुङको फेदमा अवस्थित साल्पापोखरीमा मनोकांक्षा पूरा हुने जनविश्वासका साथ पूजाआजा गर्ने चलन छ । साल्पापोखरीमा बैशाख, भदौ, कातिक र फागुन महिनाको पूर्णीमामा मेला लाग्छ ।

यहाा खोटाङ, भोजपुर, सफ्वुासभा, धनकुटा, सोलुखुम्बूलगायत विभिन्न जिल्लाबाट तीर्थालु पुग्ने गरेका छन् । साल्पापोखरीमा पूजाआजा गर्दा बोली नफुट्नेहरु बोल्न सक्ने, सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने, धामी तथा झाँक्रीहरुले मुन्दुमी शक्ति प्राप्त गर्ने लगायतका धार्मिक जनविश्वास रहिआएको छ ।

0 Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Menu