आगलागी पिडितहरुलाई विद्यालयको सहयोग।

१८ चैत । भोजपुर नगरपालिका वडा न १२ मा रहेको यशोधरा माध्यमिक विद्यालयले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । भोजपुर नगरपालिका १२ टक्सार मालबाँसेमा गत चैत तीन गते भएको आगलागी पीडितलाई विद्यालयले ५० हजार सात सय आर्थिक सहयोग गरेको हो ।

विद्यालयका शिक्षक कर्मचारीको एक दिन बराबरको तलव तथा  जुनियर तथा युवा रेडक्रस सर्कलका विध्यार्थीहरुको पहलमा  स्वैच्छिक रुपमा संकलित रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ्। आफ्नो सेवा क्षेत्र भित्र  परेको बिपद्व पिडितहरुलाई आफुले सकेको सहयोग गरेको प्रधानाध्यापक  रेग्मीले बताउनु भयो।
आगलागीबाट घर गुमाउने नरबहादुर कार्की, बिशाल कार्की, पदमबहादुर कार्की, पुष्पबहादुर कार्की र बिर्ख बहादुर कार्कीका परिवारलाई विद्यालयले प्रति परिवार दस हजार एक सय चालिसका दरले नगद सहयोग गरेको हो ।

 

शनिबार पीडित परिवारलाई विद्यालयको तर्फबाट प्रधानाध्यापक ध्रूवराज रेग्मी सहितको टोलीले उक्त  रकम हस्तान्तरण गर्नु भएको हो । गत चैत्र ३ गते जंगलको डढेलो बस्तीमा पस्दा भएको आगलागीबाट बसोवास हुँदै आएको पाँच घर, खाली दुई घर र १० वटा गोठहरु जलेर नष्ट भएको थियो ।

0 Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Menu