नेकपा एमाले भोजपुरको नवौ जिल्ला अधिबेशन २०८१ बैशाख ३ र ४ गते हुने।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको दशौपुर्ण बैठकको निर्णय अनुसार पार्टीको नवौ जिल्ला अधिवेशन यही मिति २०८१ बैसाख ३ र ४ गते भोजपुर नगरपालिकाको सभा हलमा आयोजना गर्ने निर्णय गरेको छ । जिल्ला अधिवेशन सम्पन्न गर्नको लागी मुल अधिवेशन आयोजक कमिटी जिल्ला कमिटीका अध्यक्ष क. शरण कुमार राईको अध्यक्षतामा जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कमिटीका सबै सदस्यहरु साथै ९ वटै स्थानीय तहका इन्चार्जहरु र भोजपुर नगर कमिटीका अध्यक्ष रहेको मुल अधिवेशन आयोजनक कमिटी गठन गरिएको छ । अधिवेशनका लागि राजनितिक तथा सांगठानिक प्रतिवेदन लेखन समिति क.शरण कुमार राईको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन समिति क.रमादेवी राईको संयोजकत्मा प्रतिनिधि व्यवस्थापन समिति क.ध्यान बहादुर राउतको संयोजकत्वमा बनाइएको छ । खाना आवास समिति नविन प्रधानको संयोजकत्वमा , प्रचार विभाग क.एक्सन राईको संयोजकत्वमा ,आर्थिक संकलन समिति क.इन्द्र थापाको संयोजकत्वमा र स्वयमसेवक प्रमुख क. रेवति रमन थापाको संयोजकत्वमा सबै पालिका कमिटीबाट एक एक जना रहने छन । अधिवेशन सफल पार्नका लागि सबै समितिले काम सुरुगरिसकेको छ । नवौ जिल्ला अधिवेशनको नेतृत्व छनौट गर्नको लागी निर्वाचन समिति तिर्थ कुमार राईको संयोजकत्वमा उत्तम सिं राई, दावा तेन्जिङ शेर्पा, योगराज लुईटेल, भोला राई, खगेन्द्र राई, सम्झना प्रधान रहेको ७ सदस्यीय कमिटी गठन गरिएकोछ । अधिवेशमा भोजपुर जिल्लाका ८१ वडा, १८ वटा जनसंगठन बाट करिब ६ सय जना प्रतिनिधि सहभागी हुने अध्यक्ष शरण कुमार राईले बताउनु भयो।

0 Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Menu