प्रदेश सभा सदस्य बिनोद बान्तावा तथा  मेयर कैलाश कुमार आले बाट राहत बितरण

भोजपुर । भोजपुर नगरपालिका वडा न १२ टक्सार मालबासेका आगलागि पिडितहरुलाई भोजपुर प्रदेश न ‘ख का सभासद बिनोद बान्तावा तथा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले बाट राहत  बितरण गर्नु भएको छ्।सोमबार सभासद तथा मेयर लगाएतको टोलि आफै उपस्थित भै आगलागि पिडितहरुलाई राहत सामागृ हस्तान्तरण गर्नु भएको हो।

शनिबार करिब २ बजेतिर जंगलबाट सल्किएको आगो बस्ती पसेपछि स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीको ८ घर पूर्ण रुपले जलेर नष्ट भएको थियो

 

बढ्दो सुख्खा र खडेरीका कारण यस क्षेत्रका वनजंगलमा लाग्ने डढेलोले वर्षेनी नजिकैका गाउँबस्तीमा जोखिम बढ्ने गरेको छ । बिगतमा पनि नजिकै रहेको पारपानी बजार क्षेत्रमा आग्लागि भै धनजनको क्षेति भएको थियो।

 

0 Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Menu