भोजपुर फिल्मस प्रालि भोजपुर द्वारा आयोजित भोजपुर गट ट्यालेन्ट्को सेमीफाइनल राउन्ड सम्पन्न भएको छ।

भोजपुर फिल्मस प्रालि र डाइमन्ड डान्स क्रु भोजपुर द्वारा आयोजित भोजपुर गट ट्यालेन्ट्को सेमीफाइनल राउन्ड सम्पन्न भएको छ। कार्यक्रमको बिशेस अथिति अरुण गाउपालिकाका उपाध्यक्ष बिनिता ढकालद्वारा नृत्य तर्फ उत्कृष्ठ प्रतिस्पर्धी अरुण गाउपालिकाका सृजना तामाङ लाई नगद रु ५०००/- र प्रमुख अतिथि थामबहादुर राईद्वारा गायन तर्फका उत्कृष्ट प्रतिस्पर्धी टेम्केमयुङ गाउपालिकाका पृन्स राईलाई नगद रु ५०००/- प्रदान गर्नु भयो। साथै आगामी कार्यक्रम लाई थप आकर्षक र भब्य बनाउन रामप्रसाद राई गाउपालिकाको तर्फ बाट नगद रु एकलाख पचास हजार सहयोग को घोषणा कार्यक्रमका प्रमुख अतिथि थामबहादुर राईले गर्नु भयो।कार्यक्रममा द भोइस अफ किड्सका प्रतिस्पर्धी राजेश परियारको बिशेस प्रस्तुति रहेको थियो।

0 Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Menu